अखिल विवादभित्र आरसी लामिछानेले देखेको सकारात्मक पाटो


२७ साउन । नेकपा (एमाले)को भ्रातृ संगठन अनेरास्ववियुभित्र अहिले चरम विवाद छ । अध्यक्ष नविना लामा र महासचिव ऐन महरबीचको विवादले संगठनभित्र असन्तुष्टि चुलिएको हो ।

त्यसो त महासचिव महरले अध्यक्ष लामा उपत्यका बाहिर रहेका बेला विषेश भेलाको आयोजना गरेपछि विवाद झन् सतहमै आएको छ । लामा समूहले महासचिवले विधान विपरित भेला बोलाएको भन्दै कारवाहीको माग गरेका छन् । सचिव सुदेश पराजुली समूहले पनि महरको पछिल्लो गतिविधिको आलोचना गरेका छन् । संगठनमा मिलाउने भन्दा पनि विवाद सिर्जना गरेर आफू हावी हुने सोँचले गर्दा विवाद मिल्ने भन्दा झन्–झन् बल्झिने संकेत देखिएको छ ।

दुबै समूह सामाजिक सञ्जालकै दुरुपयोग गर्दै एक–अर्काको आरोपमा उत्रिएपछि अखिल कता जाला भन्ने चिन्ता थपिएको छ । नौ वर्षदेखि अन्योल बनेको नेपाल विद्यार्थी संघभित्र मिलन विन्दु भेटिएको अवस्थामा अखिलभित्रको विवादले तलतलका कार्यकर्ता चिन्तित बन्न थालेका छन् । केहीले नेताहरुको लडाईँले आफूहरु बाछाको मिचाईँमा परेको भन्दै गुनासो गर्न थालेका छन् ।

अनेरास्ववियुका सचिव आरसी लामिछाने पनि विवाद बल्झिनु भन्दा संगठन एक हुनुमा आफू खुशी बन्ने बताउँछन् । उनको बुझाईमा कमजोरी दुर्बतर्फ छन् । मिलेर अघि बढ्नुको विकल्प नभएको उनी बताउँछन् । महर निकट मानिने लामिछानेले भदौपछि संगठन एक भएर अघि बढ्ने दाबी गरे । संगठनभित्रका केही असल–खराव पक्षलाई उनले यसरी हेरेका रहेछन् । उनकै शब्दमाः

मुलतः अधिवेशनपछिका सबै बैठकहरुमा इन्चार्जको उ्पस्थितिहुने गरेको थियो तर कार्यबिभाजन जस्तो महत्त्वपूर्ण निर्णय गर्ने बैठकमा इन्चार्जको उपस्थिति आवश्यक नदेख्नु ,उपाध्यक्षहर , महासचिव, सचिवहरुको अनुपस्थितिमा अझ कतिलाई त खवर पनि नगरिनकन बैठक बस्ने निर्णय गलत थियो । यसरी बैठक बसेर गरेका निर्णयलाई सबैले मान्न संभव भएन ।

त्यसपछि पनि छलफल गरेर ल जे भयो भनेर सबैले ठिकै छ भनेर मान्दा मात्र विवाद छैन भन्न सकिन्थ्यो तर, त्यो पनि संभव भएन । बैठकमा अनुपस्थित या बैठक नै बसेको छैन भन्ने मत बलियो रुपमा प्रस्तुत भएपछि अब पुनः बैठक बसाएर अध्यक्षले लेख्नु भएको चिठीलाई सहमतिमा संगठनको विधि अनुसार पूर्ण अनुमोदन या परिवर्तन गर्नु उपयुक्त देखिन्छ । यसो भयो भने केही तलमाथि गरेर पनि अघि बढ्न सकिन्छ ।

मुलत बिधानमा १५ विभागको व्यवस्था छ । सो भन्दा बढीलाई विभागीय जिम्मेवारी दिनेकुरा विधान विपरित हुने भएकाले अहिले विवादको जड यहि बनेको छ । यो विषयमा पनि बसेर छलफल गर्ने हो भने समाधान निकाल्न सकिन्छ ।

अध्यक्ष अलिक असजिलो बाटो हिड्नु भएको हो कि भन्ने लागेको छ । उहाँ (नविना लामा) संगठनको अध्यक्ष भएपछि सबैसँग छलफल गर्ने बढी दायित्व उहाँसग हुन्छ । उहाँले अलिक सहजबाटो समाउनुभयो भने पनि समस्या समाधान गर्न सकिन्छ ।

उहाँले सहज बाटो समात्नु भएको भए मलाई लाग्छ । विवाद मिलिसक्ने थियो । अहिले जति विवाद बाहिर आएको छ । देख्दा हो जस्तो लाग्छ तर, त्यस्तो होइन । विवाद समाधान गर्ने धेरै उपायहरु छन् । मलाई लाग्छ, हामी भदौ लाग्ने वित्तिक्कै नयाँ गतिमा अनेरास्ववियुलाई अघि बढाउँछौँ ।

अहिले हामीमा केही कार्यशैलीगत समस्या छन् । त्यो सबैले मम गर्न सक्नुपर्छ । अहिले हामीमा देखिएको विवादले एउटा महत्त्वपूर्ण सकारात्मक काम गरेको छ । निर्बाचित भएदेखि नेतृत्वको निणर्यको बिरोधगर्नु पर्ने बाध्यतामा रहेका साथीहरु अध्यक्षलाई सहयोग गर्ने ठाउमा आउनु भएको छ । यो नकारात्मक भित्रको सकारात्मकता हो ।

कार्यविभाजनको विवाद अन्त्य गर्दै केन्द्रीय सदस्य, सचिवालय सदस्य र पदाधिकारीको सहमतिसहित कार्यविभाजनको निर्णय सार्वजनिक गर्ने र स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको तयारीमा जुट्ने, सबै खाले विवादलाई अन्त्य गर्ने र अस्थिरताभित्र अस्तित्व खोज्ने जिम्मेवारी अहिले हामी सबैको काँधमा आएको छ । हामी यहि ढंगले लाग्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्