अख्तियारलाई योगेश भट्टराईको अर्को चेतावनीः ‘अख्तियारले अख्तियारको दुरुपयोग गर्‍यो’


३० साउन । अख्तियार प्रमुख लोकमानको सम्पत्ति विवरण माग गर्दै अख्तियारका पुगेका सोलिडारिटि फर डाक्टर केसी अलायन्सका आठ युवा पक्राउ परेको घटनाको एमाले सचिव योगेश भट्राईले विरोध गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत त्यसको विरोध गरेका हुन् ।

शनिवार मात्र लोकमान ‘स्मार्ट’ बन्न खोजेको भन्दै आलोचना गरेका भट्टराईले युवा पक्राउ परेको घटनाको ट्वीटरमाफर्त विरोध गरेका छन् । ‘सूचना माग्नेलाई कार्यालय परिसरबाटै गिरफ्तार गरेर अख्तियारले अख्तियारको दुरुपयोग गर्‍यो । सूचनाको हकको सम्मान गर,’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्