अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा घिमिरे सिफारिस


काठमाडौं, २० भदौ । संवैधानिक परिषदले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नविनकुमार घिमिरेको नाम सिफारिस गरेको छ ।
परिषदको बुधवार बसेको बैठकले प्रमुख आयुक्तमा घिमिरेको नाम सिफारिस गरेको हो । हाल अख्तियारको कार्यवाहक प्रमुख रहेका घिमिरे संसदीय सुनुवाई प्रक्रिया पूरा गरेपछि राष्ट्रपतिबाट प्रमुख आयुक्तमा नियुक्त हुनेछन् ।

घिमिरे २०७१ सालमा अख्तियारको आयुक्त नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्