अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता


३ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमार्निसंह कार्कीका विरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएको छ । आज साँझ १ सय ५७ जना सांसदको हस्ताक्षरसहित दर्ता भएको प्रस्तावको समर्थकमा माओवादी सांसद महेन्द्र शाही  र समर्थकमा एमालेका प्रमुख सचेतक भानुभक्त ढकाल छन् ।

संसद्का एक तिहाई सदस्यहरुले कुनै पनि संवैधानिक निकायका पदाधिकारीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्न पाउने संवैधानिक व्यवस्था छ । संसद्मा आजै मात्रै ११ सदस्य महाभियोग सिफारिश समिति पनि गठन भएको छ ।

प्रमुख कार्कीले पदीय दायित्व निर्वाह गर्न नसकेको निष्कर्षसहित प्रस्ताव दर्ता गरिएको छ । उनले सर्वोच्च अदालतले म्याद बुझाउन खोज्दा सादा पोशाकका प्रहरी र आफन्त लगाएर बुझाउन नदिएपछि सर्वत्र आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्