अग्नि सापकोटा भन्छन्– ‘संशोधन प्रस्ताव फिर्ता हुँदैन’


२५ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संविधान संशोधन प्रस्ताव फिर्ता लिन दबाब दिइरहेका बेला सरकारको नेतृत्व गरेको दल नेकपा (माओवादी केन्द्र) का एक नेताले भने त्यो सम्भव नभएको टिप्पणी गरेका छन् । प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्यसमेत रहेका अग्निप्रसाद सापकोटाले यस्तो टिप्पणी गरेका हुन् । उनले संविधान संशोधन प्रस्ताव फिर्ता हुन नसक्ने दाबी गरे ।
उनले मधेसी, आदिवासी, थारुलगायतका मागलाई सम्बोधन गर्दै संविधान संशोधन प्रस्ताव पेस गरेको पनि दाबी गरे ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीसहितको सहमतिमा ती समुदायको माग अनुसार संविधान संशोधन गर्न दिएको प्रतिबद्धता अनुसार नै संशोधन प्रस्ताव पेस भएकोउनले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्