अछाममा चट्याङ लागेर १५ घाइते


अछाम, १९ चैत । अछाममा सोमबार राति चट्याङ लागेर १५ जना घाइते भएका छन् ।
हावाहुरीसँगै परेको चट्याङका कारण रामारोशन गाउँपालिका–५ स्थित चारजना र पञ्चदेवल बिनायक नगरपालिका–९ कालेकाडामा ११ जना स्थानीय घाइते भएका छन् ।

घाइते १५ जनामध्ये सातजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

गम्भीर घाइते हुनेमा स्थानीय १४ वर्षीय जगत बोहरा, १९ वर्षीय भिमपुरा दास, ५७ वर्षीय दिर्घे बिक, ४५ वर्षीया ललु बिक, ४० वर्षीया राधिका शाही, १५ वर्षीया कल्पना बोहरा र ५२ वर्षीय बलिराम दास छन् ।

प्रतिक्रिया दिनुहोस्