अजित हत्यारालाई कारवाहीको माग गर्दै उत्पीडित विद्यार्थी संगठन सडकमा


बसन्त बिश्वकर्मा
५ भदाैँ । नेपाल राष्ट्रिय उत्पीडित विद्यार्थी संगठन अजित मिजार हत्या प्रकरणका दोषीलाई कारवाहीको माग गरेको छ ।
अन्तरजातीय विवाह गरेका कारण मिजारको हत्याभएको भन्दै संगठनले घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कारवाहीको माग गरेको हो ।

आइबार काठमाडौंको बबरमहलदेिख बानेश्वरसम्म नाराजुलुस र बिरोधको प्रर्दशन गरेको छ । सो संगठनले ‘हत्यारालाई कारवाही गर, जातीय बिभेदको अन्त्य गर’ भन्ने नारासहित बानेश्वरमा कोणसभाको समेत आयोजना गरेको थियो ।
कोणसभालाई सम्बोधन गर्ने बक्ताहरुले अजित मिजारलाई अन्तरजातीय विवाहका कारण हत्या गरिएको र हत्यामा राज्यका निकायदेखि नेतहरुको समेत संलग्नता रहेको आरोप लागाएका थिए । संगठनका अध्यक्ष  टिकाराम मगरातीले अजित मिजार जस्ता हजारौँ दलित युवाहरुले प्रेम गरेको अपराधमा ज्यान गुमाउनु परेको भन्दै  त्यसको अन्त्य राज्यले गर्नु पर्ने दाबीगरे । ‘प्रेम गरेकै आधारमा नेपाली दलितको हत्या हुँदा राज्य र कानुन हेरेर बस्ने हो भने उत्पीडित विद्यार्थी संगठन राज्यकाबिरुद्ध आन्दोलनमा उत्रिन बाध्यहुने छ,’ मगरातीले भने ।14088742_1075218485849225_1001254652_n

अनेरास्ववियुका सचिवालय सदस्य मोती बिकले राज्यले दलित समुुदायको मानवअधिकारको ग्यरेन्टी गर्नुपर्ने बताए । उनले हत्या भएको परिवारको दाबीसहितको किटानी जाहेरी प्रहरीलाई दिँदा पनि घटनालाई ढाकछोप गर्ने प्रयास भएको भन्दै आक्रोस ब्यक्त गरे ।
एमाले निकट दलित विद्यार्थीको संगठन नेपाल राष्ट्रिय उत्पीडित विद्यार्थी संगठनले घटनाको सत्यतथ्य छानविन र दोषीलाई कारवाही नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।

मिजारको हत्या प्रकरणमा प्रहरीले उदासिनता देखाएको भन्दै एक महिनादेखि राजधानीमा दलित अधिकारकर्मीहरुले चरणबद्ध आन्दोलन गर्दै आएका छन् ।14081000_1075218459182561_1187924986_n

काभ्रेको पाँचखाल नगरपालिका-६ होक्सेका १८ वर्षीय अजित ढकाल (मिजार)को ‘मृत्यु’ भएको रहेछ अन्तरजातिय विवाहका कारण । समाचारअनुसार अजितले पाँचखालकै पराजुली (वाहुन) थरकी १६ वर्षीया किशोरीसँग असार २५ गते प्रेम विवाह गरेका थिए ।

असार २७ गते केटीका माइती पक्षले बालविवाहको उजुरी प्रहरीमा दिएपछि प्रहरीकै रोहोबरमा उनीहरुलाई जबर्जस्ती अलग गरियो । त्यसको तीन दिनपछि अजितको लास धादिङमा डोरीमा झुन्डिएको अवस्थामा फेला पर्‍यो । यो शंकास्पद र रहस्यमय मृत्यु थियो ।

प्रतिक्रिया दिनुहोस्