अज्ञात समूहबाट गोली प्रहार भएका तिवारीको मृत्यु, हत्यारा पत्ता नलगाए कडा कारवाही गर्ने युवा संघको चेतावनी


४ पुस । युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीमाथि गोली प्रहार भएको छ । अज्ञात समूहको गोली प्रहारबाट उनको मृत्यु भएको युवा संघका प्रवक्ता प्रभावत विक्रम कटुवालले जानकारी दिए । उनलाई रुपन्देहीको खैरेनीमा गोली प्रहार भएको हो ।

रुपन्देहीकै देवदह मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएको हो । गोली प्रहारपछि चिन्ताजनक अवस्थामा अस्पताल लगिएको थियो ।

उनको मृत्युपछि युवा संघले हत्याराको छिटो खोजी गरेर कारवाही गर्न सरकारसँग माग गरेको छ । सरकारले हत्यार पत्ता लगाएर कारवाही नगरे कडा आन्दोलन गर्ने युवा संघले चेतावनी दिएको छ । ‘यो एमालेमाथिको प्रहार हो,’ कुटवालले भने, ‘सरकारले हत्याराको खोजी गरि कारवाही गर्न आलटाल गरे युवा संघ कडा आन्दोलनमा उत्रिने छ ।’

प्रतिक्रिया दिनुहोस्