अत्यावश्यक बाहेकका सबै भिसा रद्द गर्ने भारत सरकारको निर्णय


नयाँदिल्ली,२९ फागुन । भारत सरकारले अप्रिल १५ सम्मका लागि अत्यावश्यक बाहेकका सबै भिसा रद्द गरेको छ। विश्वव्यापी रूपमा फैलिइरहेको कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि भन्दै भारत सरकारले अप्रिल १५ सम्मका सबै भिसा रद्द गर्ने निर्णय गरेको हो। बुधबार स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयमा बसेको उच्च अधिकारीको बैठकले कूटनीतिक, कार्यालयीय र अत्यावश्यक बाहेकका सबै भिसा रद्द गर्ने निर्णय भएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। ‘कूटनीतिक, कार्यालयीय, संयुक्त राष्ट्र संघ तथा अन्तर्राष्ट्रिय निकाय, रोजगारी, प्रोजेक्ट भिसाबाहेक हाल जारी भएका सबै भिसा अप्रिल १५ सम्मका लागि रद्द गर्ने निर्णय भएको छ,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो व्यवस्था मार्च १३ राती १२ बजे (ग्रिनविच मिन टाइम)बाट लागू हुनेछ।’

प्रतिक्रिया दिनुहोस्