अदभूत क्षमताका आदित्य दाहाललाई सहयोग गर्दै सरकार


काठमाडौं ६ साउन । आदित्य दाहालको प्रतिभा विज्ञानको लागि खोजीको बिषय भएको प्रधानमन्त्री केपी ओलीले बताएका छन ।
आदित्य संरक्षण प्रतिष्ठानले शनिवार आयोजना गरेको कलियुगको आदित्य ज्योतिषपथ पुस्तकको विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन ।
प्रधानमन्त्री ओलीले आदित्य दाहालमा गुरु र स्रोत विना ज्ञान आफैं आश्चर्यजनक भएको बताए । आदित्यको दार्शनिक श्रृंखला, चिन्तन प्रक्रिया धार्मिक प्रक्रियासँग मेल नखाने प्रधानमन्त्री ओलीले बताए ।
आदित्यलाई आफ्नो ढंगले सोच विचार गर्न दिने र त्यो ज्ञानलाई प्रकट हुने वातावरण बनाइदिनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “आदित्यको शारिरीक मात्र होइन ज्ञानको पनि सुरक्षा हुनु आवश्यक छ” प्रधानमन्त्री ओलीले भने “यसकालागि सरकारले सहयोग गर्न तयार छ ।”
कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पनि आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्