अधिकारकर्मी कार्की १ लाख १ हजार रुपैयाँ राशीको ‘राष्ट्रिय आदर्श आमा’ पुरस्कारबाट सम्मानित


काठमाडौं, २९ असोज । आवाज दोलखाकी अध्यक्ष तथा अधिकारकर्मी सिर्जना कार्की ‘राष्ट्रिय आदर्श आमा’ पुरस्कारबाट सम्मानित भएकी छिन् । विगत २० वर्षदेखि बिभिन्न खाले हिंसामा परेका महिला वालवालिका, जेष्ठ नागरिक, अपांग, मानसिक रुपमा असर परेका महिला तथा किशोरीहरुको पुर्नस्थापनामा पुर्याएको योगदानको कदर गर्दै कार्कीलाई रुद्र–गौरी श्री–अम्विकाओली प्रतिष्ठाले १ लाख १ हजार १ सय ११ रुपैयाँ राशीको राष्ट्रिय आदर्श आमा पुरस्कार–२०१९ बाट सम्मानित गरेको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्