अधिकारीलाई नेपालको उत्कृष्ट ‘ज्योतिष सागर‘अवार्ड’


काठमाडौं, १५ जेठ । चर्चित युवा ज्योतिष जयराम अधिकारी नेपालका तर्फबाट यस वर्षको सर्बोत्कृष्ट ज्योतिषका रुपमा ‘ज्योतिष सागर अवार्ड’बाट सम्मानित भएका छन् ।

कास्कीको पोखरामा गत १२ र १३ गते दक्षिण एशियाली ज्योतिष महासंघले आयोजना गरेको चौथो दक्षिण एशियाली ज्योतिष तथा बास्तु अन्तराष्ट्रिय सम्मेलनमा चर्चित युवा ज्योतिष अधिकारी सो ‘अवार्ड’बाट सम्मानित भएका हुन् । प्राध्यपन क्षेत्रमासमेत संलग्न अधिकारी पेप्सीकोला काँडाघारीस्थित श्री चन्द्र सूर्य ज्योतिष तथा बास्तुका संचालक छुन् । उनी विश्व ज्योतिष महासंघ राष्ट्रिय समितिका महासचिवसमेत हुन् ।
प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङ प्रमुख अतिथि रहेको अन्तराष्ट्रिय सम्मेलनमा दक्षिण एशियाली राष्ट्रबाट ज्योतिष तथा बास्तुशास्त्रीहरु प्रतिनिधिका रुपमा सहभागी थिए । सम्मेलनका विशेष अतिथि पञ्चांंग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले अधिकारीलाई अवार्ड प्रदान गरेका थिए । अवार्ड ग्रहणपछि ज्योतिष तथा बास्तु क्षेत्रमा थप इमान्दार र कतव्र्यनिष्ठ बनेर उर्जाका साथ काम गर्नका लागि थप जिम्मेवारीबोध महसुश भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्