अध्यक्ष तिमल्सिना सहित यी प्रमुख नेता भाग्यशाली चिट्ठाको प्रतिस्पर्धामा


काठमाडौ, २७ जेठ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना सहित ३ जना प्रमुख नेता भाग्यशाली चिट्ठाको प्रतिशप्रधामा रहेका छन् । राष्ट्रियसभा सदस्यहरुको कार्यकाल असार ४ गते गोलाप्रथाबाट तय गरिने भएसँगै राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिना, सत्तापक्षका संसदिय दलका नेता दिननाथ शर्मा र प्रमुख विपक्ष दल नेपाली काँग्रेसका नेता शुरेन्द्र पाण्डे भाग्यशाली चिट्ठाको प्रतिशप्रधामा रहेका हुन् ।

राष्ट्रियसभा नियमावली आईतवार पारित भएपछि संघीय संसद् सचिवालयले दलहरुको परामर्शमा असार ४ गते गोलाप्रथाबाट सदस्यहरुको पदावधि २, ४ र ६ वर्ष निर्धारण गर्न लागिएको हो । दलित र अल्पसंख्यक अपांग कोटा बाहेक प्रत्येक प्रदेशबाट निर्वाचित राष्ट्रियसभाका सदस्य जो जुन क्लस्टरबाट निर्वाचित भएका हुन् उनीहरुकै बीचमा मात्र गोलाप्रथा गरिने नियमावलीमा व्यवस्था गरिएको छ ।

dinanatganeनियमावलीका अनुसार पहिलो पटकको लागि गोला प्रथाबाट राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिना, सत्तापक्षका संसदिय दलका नेता दिननाथ शर्मा र प्रमुख विपक्ष दल नेपाली काँग्रेसका नेता शुरेन्द्र पाण्डे सहित १९ जनाको पदावधि २ वर्षको कायम हुनेछ । त्यसैगरी २० जनाको ४ वर्ष तोकिनेछ भने बाँकी २० जना को पदाबधि भने ६ वर्षको हुनेछ ।

राष्ट्रियसभा नियमावलीअनुसार पदावधि निर्धारणका लागि खुला र महिलातर्फ क्लस्टर र प्रदेशअनुसार छुट्टाछुट्टै गोलाप्रथा हुनेछ भने दलित र अपांगता भएका वा अल्पसंख्यकको सातै प्रदेशबाट निर्वाचित सातजनाबीच एकैपटक गोला हानिनेछ । राष्ट्रपतिबाट मनोनीत तीनजनाको छुट्टै गोलाप्रथाबाट पदावधि निर्धारण गरिनेछ ।
नियमावलीअनुसार दलित र अल्पसंख्यक सदस्यबीच गोलाप्रथा गराउँदा दुई, चार, छ र शून्य वर्ष लेखिएको गोला राखिनेछ । शून्य वर्ष गोला तान्ने एकजनाले दोस्रोपटक फेरि चार वा छ वर्ष लेखिएको गोलामध्ये एक झिक्नेछ ।
गोला प्रथाबाट खाली हुन आएको स्थानमा त्यसै क्लस्टरबाट पुनः निर्वाचन गरिनेछ । राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट आठजना र राष्ट्रपतिबाट मनोनीत तीनजना गरी ५९ जना सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्