अध्यक्ष प्रचण्ड निवासका ६ सुरक्षाकर्मीमा कोरोना संक्रमण


काठमाडौँ,२२ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासका ६ सुरक्षाकर्मीमा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ । अध्यक्ष प्रचण्ड निवास खुमलटारको बाहिरी घेरामा खटिएका ६ जना सुरक्षाकर्मीलाई कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको हो । सुरक्षाकर्मीमा कोरोना देखिएपनि परिवारका कुनै सदस्यलाई संक्रमण नदेखिएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले  जानकारी दिए । बुधबार निवासमा कार्यरत सबै सुरक्षाकर्मी तथा अध्यक्ष प्रचण्डको परिवारका सबै सदस्यको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्