अनन्त सन्देश राष्ट्रिय साप्ताहिकले मनायो दोस्रो वार्षिकोत्सव


भक्तपुर, ४ भदौ । अनन्त सन्देश राष्ट्रिय साप्ताहिकले दोस्रो वार्षिकोत्सव मनाएको छ । सांसद महेश वस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा १२ जना व्यकिलाई सम्मान गरिएको छ । साप्ताहिकलाई सहयोग गर्ने विभिन्न व्यक्तिलाई सम्मान गरिएको हो । भक्तपुर जिल्लाभित्र चिडियाखाना, अन्तराष्ट्रिय स्तरको रंगशाला बनाउने तयारी भइरहेको सांसद बस्नेतले कार्यक्रममा जानकारी दिए । वार्षिकोत्वस कार्यक्रममा प्रदेश सांसद राजेन्द्र मान श्रेष्ठ, शशी जंग थापा, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, सुर्यविनायक नगरपालिका प्रमुख बासुदेव थापा लगायतले आफ्नो धारणा राखेका थिए ।
अनन्त सन्देशका प्रकाशक रत्नकाजि मानन्धरले आगमि दिनमा पत्रिकालाई अझ उत्कृष्ट बनाउँदै लैजाने बताए ।

ananta1

प्रतिक्रिया दिनुहोस्