अनमिलाई घरपायक दरबन्दी मिलाउने सरकारको निर्णय


काठमाडौं, २९ चैत । सरकारले समायोजनमा नमिलेका अनमीहरुलाई घरपायकका स्वास्थ्य चौकीमा दरबन्दी मिलाउने निर्णय गरेको छ। समायोजनका क्रममा घर भन्दा टाढा परेपछि उनीहरुलाई सकेसम्म घरपायक ठाउँमा सरुवा गर्न सकिने निर्णय सरकारले गरेको हो।

स्वास्थ्य चौकीमा रहने ७ हजार ६ सय १९ जना अनमीको दरबन्दी तेरिज संशोधन गरिएको हो । यो निर्णयले ९० प्रतिशत अनमीलाई राहत मिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहोस्