अनलाइन कक्षा बन्द गर्ने प्याब्सन र एन–प्याब्सनको निर्णय, शिक्षकलाई बेतलवी घर विदा


काठमाडौं,३१ असार । प्याब्सन र एन–प्याब्सनले साउन १ बाट अनलाइन कक्षा बन्द गर्ने घोषणा गरेका छन् ।

आफूहरुले उठाउँदै आएको मागहरुको सरकारले सम्बोधन नगरेको भन्दै प्याब्सन र एन–प्याब्सनले अनलाईन कक्षा बन्द गर्ने घोषणा गरेका हुन् । उनिहरुले देशभरका नीजि विद्यालयलाइ पढाइरहेको अनलाइन कक्षा स्थगन गर्न र शिक्षक तथा कर्मचारीलाई बेतलवी घर विदा दिन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्