अस्पताल बन्द नगराउँन चिकित्सकलाई, कर्मचारी संगठनको आग्रह


काठमाडौँ, ७ साउन । नेपाल निजामती कर्मचारी संगठनले जस्तो अति संवेदनशिल क्षेत्र बन्द गराउँन नहुने बताएको छ । संगठनको चौथो केन्द्रीय कमिटी बैठकका निर्णयबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष केदार देवकोटाले अस्पतालजस्तो संवेदनशील क्षेत्रमा आमहडताल गर्दा जनताले स्वास्थ्योपचार गर्न पाउने अधिकारवाट वञ्चित भएकाले बन्द गर्न नहुने बताएका हुन् ।

संगठनले त्रिवी शिक्षण अस्पताल महाराजगन्जका चिकित्सकलाई बिरामीको सेवा रोकी आमहडतालमा नउत्रन आग्रह गरेको छ । देवकोटाले बिरामीको उपचारमा गम्भीर असर पर्ने भएकाले चिकित्सकलाई अस्पतालमा हडताल, जुलुसजस्ता कार्य नगर्न आग्रह गरेका हुन् । डांं गोविन्द केसीले उठाएका कतिपय माग जायज भएको र चिकित्सा शिक्षा विधेयक संसदमा दर्ता भएकाले संसदबाट नै समाधान खोजिनुर्छ जोड दिँदै देवकोटाले भने, कुन ठाउँमा कुन कलेज खोल्ने वा नखल्ने भन्ने अधिकार सरकारलाई छ, त्यसैले कुनै एक व्यक्तिले माग राख्यो भन्दैमा सरकारले पुरा गर्नुपर्छ भन्ने छैन् ।

संगठनले ‘समृद्ध नेपाल र सुखी नेपाली’ भन्ने सरकारको नारालाई सार्थक बनाउन पनि सबै कर्मचारी आ–आफ्नो ठाउँवाट सरकारलाई सहयोग गर्न पनि आह्वान गरेको छ ।
अध्यक्ष देवकोटाले सरकारको मुलुकलाई समृद्ध बनाउने कार्यमा कर्मचारीले सहयोग गर्नुपर्ने बताए । खटाएको ठाउँमा कर्मचारी जान तयार भएपनि सरकारले नै कर्मचारी नखटाउँदा स्थानीय तहमा कर्मचारी अझै नपुगेको उनको भनाई छ ।

बजेटमा वक्तव्यमा घोषणा गरिएअनुसार उच्चस्तरीय तलब आयोगसमेत गठन र राष्ट्रसेवक कर्मचारीको लगानीमा जलविद्युत् आयोजना सञ्चालन गर्न नीतिगत व्यवस्थाअनुसार उपयुक्त आयोजना छनोट गर्न बढ्दो महँगी नियन्त्रण गर्न, कृत्रिम अभाव, कार्टेलिङ तथा सिण्डिकेट अन्त्य गर्न र सुशासनको प्रत्याभूति उपलब्ध गराउन पनि सरकारसँग संगठनको तर्फवाट उनले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्