अनुसन्धान पुरा नभएसम्म एसपी डिल्लीराज विष्टलाई निलम्बन गर्न गृहमन्त्रीको निर्देशन


काठमाडौं, ९ भदौ । निर्मला हत्याप्रकरणको अनुसन्धान पुरा नभएसम्म एसपी डिल्लीराज विष्टलाई निलम्बन गर्न प्रहरी हेडक्वाटरलाई गृहमन्त्री रामवहादुर थापा वादलले निर्देशन दिएका छन्। गृह मन्त्रालयमा शनिबार बसेको बैठकमा मन्त्री थापा बादलले अनुसन्धान प्रक्रिया पुरा नहुँदासम्म एसपी विष्टलाई निलम्बन गर्न निर्देशन दिएका हुन् । कन्चनपुरकी निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा एसपी विष्टको अनुसन्धान संकास्पद भएको भन्दै स्थानियले आन्दोदन गरेपछि उनलाई हेडक्वार्टर तानिएको थियो । उनले निर्मला हत्याको निपक्ष छानविनमा आनाकानी गर्दै आएको स्थानियले आरोप लगाउँदै आएका छन् । कन्चनपुरका डीएसपी ज्ञानबहादुर सेटी र मुद्दा फाँटका इन्स्पेक्टर एकेन्द्र खड्कालाई पनि हेडक्वार्टर बोलाएर छानविन गर्न मन्त्रीले निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्