अनेरास्ववियुका नेता–कार्यकर्तालाई रवीन्द्र अधिकारीको सुझाव, ‘एमालेलाई जडियाँ छोरो चाहिएको छैन’

२१ माघ । नेकपा (एमाले) का नेता रवीन्द्र अधिकारीले कसैले नेपाललाई भारतसँग मिलाउने प्रस्ताव ल्याउँदा आफूहरु संसद्मा टुलुटुलु हेरेर बस्न नसक्ने बताएका छन् । अनेरास्ववियु महेन्द्ररत्न क्याम्पस कमिटीले आयोजना गरेको स्ववियु निर्वाचन केन्द्रित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अधिकारीले यस्तो बताएका हुन् । ‘कसैले आज तपाईँको घरमै बैठक बसेर तपाईँको घरमा आगो लगाउने योजना बनाउनु पर्यो भन्दा त्यो घर मालिकले स्वीकार गर्ला,’ अधिकारीले भने, ‘नेपाललाई जलाउने कुरा, नेपाललाई विभाजन गर्ने कुरा एमाले जस्तो राष्ट्रियताका पक्षमा लडिरहेको पार्टीले स्वीकार गर्न सक्दैन ।’

व्यवस्थापिका संसद्का सदस्यसमेत रहेका अधिकारीले कांग्रेस र माओवादीको गठबन्धनलाई टाउकाको मोल तोक्ने र तोकिमाग्ने बीचको भएको भन्दै त्यो गठबन्धन देशभक्ति भन्दा पनि स्वार्थ भक्ति बढी भएको दाबी गरे । ‘स्वार्थी गठबन्धनले नेपालको भूगोल, जनसङ्ख्या र भाषामा अतिक्रमण गर्ने प्रयास गरिरहेको छ,’ अधिकारीले भने, ‘नेपाललाई फिजीकरण र सिक्किमीकरण गर्ने योजना एमालेले सफल हुन दिदैन ।’

उनले अनेरास्ववियुका नेता–कार्यकर्तालाई सहिदको रगत र पसिनाले रक्तरञ्जित बनेको अनेरास्ववियुको झण्डा झुक्न नदिन आग्रहसमेत गरे । ‘यो झण्डा त्यसै रातो बनेको होइन,’ उनले भने, ‘यहाँ सहिदको रगत र पसिना छ, यसलाई झुक्न नदिनु होला ।’ उनले राष्ट्रियता सबै भन्दा ठूलो कुरो भएको भन्दै राष्ट्रियता जोगाउन बलिदानी दिन पनि तयार रहने दाबी गरे । ‘हामी बलिदान दिन तयार छौँ,’ उनले भने, ‘तर, नेपालाई झुक्न दिदैँनौँ । तपाईँहरुले स्ववियु निर्वाचनमा राष्ट्रघाती शक्तिहरुलाई पराजित गरेर दिल्लीको लसपसलाई दूर गरिदिनु होला ।’

उनले स्ववियु निर्वाचनमा अनेरास्ववियु विजयी भए दिल्लीले हार्ने भन्दै दिल्लीको हार राष्ट्रवादीहरुको जित हुने दाबी पनि गरे ।  अहिले नेपाललाई भारतसँग मेल गराउने खेल भैरहको भन्दै त्यसका विरुद्ध राष्ट्रवादीहरु एक हुनुपर्नेमा जोड दिए । ‘चुनाव जित्न उनीहरुले खुकरी चलाउन सक्छन् । सत्ता र पैसाको दुरुपयोग गर्न सक्छन्’ उनले भने, ‘खुकुरीलाई परास्त गर्नुहोला, विचार, सिद्धान्त, ज्ञानले उनीहरुलाई पराजित गर्नुहोला ।’
जडियाँ छोरो नबन्नुहोला

कार्यक्रममा सम्बोधन गर्दै अधिकारीले जडियाँ छोराको कथासमेत सुनाए । ‘एउटा परिवारमा निकै जडियाँ छोरो रहेछ, उसको बानीबाट आमाले बाक्क–दिक्क भएर एक दिन छोरालाई ‘बाबु तिमी किन दिनहुँ जाँड खान्छौँ ? बरु, दूध खाने गर, फलफुल खाने गर् । त्यसले त तागत दिन्छ’ भनिछिन्,’ अधिकारीले कथा सुनाउँदै भने, ‘आमाको कुरा सुनेपछि छोराले भनेछ– ‘पछि तागत लाग्ने कुरा पनि कोही खान्छ । जाँड त खाने वित्तिक्कै मातिन्छ । त्यसैले मलाई पछि तागत लाग्ने कुरा खानेकुरा खान सल्लाह नदिनुहोला ।’ उनले पैसा, सत्ता र बन्दुक–खुकुरीको राजनीति जाँड जस्तै हुने भएकाले विचार र आस्थाको राजनीति गर्न सुझाव दिए ।

कार्यक्रममा अनेरास्ववियु अध्यक्ष नविना लामाले अनेरास्ववियुलाई पहिलो संगठन बनाएरै छाड्ने दाबी गरिन् । राष्ट्रघाती शक्तिहरुलाई परास्त गर्नका लागि पनि अनेरास्ववियु सबै ठाउँमा विजयी हुनुपर्ने उनको भनाइ थियो । कार्यक्रममा अनेरास्ववियुका संगठन विभाग प्रमुख सुदर्शन सिवाकोटी, सचिवालय सदस्य धर्म गिरी, ताहाचलका स्ववियु सभापति अलिन रिजाल, क्याम्पसका नेताहरु प्रकाश शाही, दिनेस लो, पंकज भण्डारीलगायतले बोलेका थिए । क्याम्पस कमिटी अध्यक्ष कल्याण गौतमले ताहाचलमा स्ववियुको जित निश्चित भएको भन्दै परिणमका लागि मात्र करिब एक महिना पर्खिनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्