अनेरास्ववियुले माग्यो प्रचण्डको राजीनामा


१६ मंसिर  । सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव राष्ट्रघाती भएको भन्दै अनेरास्ववियुले बिहीबार प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस अगाडि प्रदर्शन गरेको छ ।
प्रदर्शनमा अनेरास्ववियुका केन्द्रीय सचिव सुदेश पराजुलीले सरकारले देशलाई विभाजन गर्ने  नियतसहित संविधान संशोधन प्रस्ताव ल्याएको भन्दै प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गरे ।
उनले नेपालको तराई क्षेत्रलाई भारतमा गाभ्ने इन्दिरा गान्धीको पूर्व योजना अनुसार संविधान संशोधन  प्रस्ताव अघि बढेको पनि आरोप लगाए ।
विरोध प्रदर्शनका क्रममा अखिलका केन्द्रीय सदस्य अशोक थापालगायतले पनि सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्