अन्जना र पुष्पाले खोले बौद्धमा आधुनिक अर्गानिक कफी एण्ड जुस बार


अर्गानिक खानाको पारखीहरुको लागि काठमाडौँको बौद्धमा आधुनिक कफी एण्ड जुस बार खोलिएको छ । एक कार्यक्रमका बीच चर्चित नायिका संचिता लुइँटेल, गायक धिरज रार्इ, विश्वको नै कान्छा चलचित्र निर्देशक सौगात बिष्ट, मोडल संजय राजविक्रम लगायतले आधुनिक कफीको उद्घाटन गरेका हुन ।
सम्पूर्ण प्रकार तथा परिकारको अर्गानिक कफी, अर्गानिक जुस तथा अन्य लाइट फुडहरु समेत पाउने यस नालन अर्गानिक कफी एण्ड जुस बारमा अनुभबी दक्ष स्टाफ द्वारा आफ्ना ग्राहकहरुलाई पारिवारिक बाताबरणमा सेवा सुबिधा प्रदान गरिने नालन अर्गानिक कफी एण्ड जुस बार बौद्ध की संचालिका द्वय अन्जना थापा मगर तथा पुष्पा गुरुङ बताउछन । उर्जाशील तथा युवा महिला ब्यबसायीहरु अन्जना मगर र पुष्पा गुरुङको संयुक्त लगानीमा खुलेको यस क्याफेमा अर्गानिक कफी तथा जुसका पारखीहरुले मिठो तथा स्वादिष्ट परिकारहरुको स्वाद लिन पाउने अन्जना थापा मगर बताउछिन ।baudha1

प्रतिक्रिया दिनुहोस्