अन्तराष्ट्रिय सेमिनारमा भारतीय कम्युनिष्ट नेताले भनेः मोदीसँग नेपाल शतर्क रहोस


काठमाडौ, १७ जेठ । भारतीय कम्युनिष्ट पार्टीका नेताहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल नीतिप्रति  शतर्क रहन नेपाल सरकार र कम्युनिष्ट पार्टी नेतृत्वको ध्यानाकर्षण गराएको छ ।
नेकपाको आयोजनामा बुधवारबाट काठमाडौमा जारी मार्क्सबाद र समाजबाद अन्तराष्ट्रिय सम्मेलनमा कम्युनिष्ट आन्दोलनबारे अनुभव राख्दै उनीहरुले  यस्तो ध्यानाकर्षण गराएका हुन ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई एजेन्डा नाकाबन्दीको गलत कदमलाई घाउमा मल्हम लगाए जस्तो गरेर नेपालीको सहानुभूति लिन र सकारात्मक धाराणा पैदा गर्न खोजेको बताए  । भारतीय कम्युनिष्ट पार्टी मार्क्सबादीका पोलिटव्युरो सदस्य जोगिन्दर शर्माले नेपालमा हिन्दुत्व स्थापित गर्ने योजना सफल पार्ने एजेन्डा बोकेर  मोदी नेपाल आएको बताए । उनले  भने ‘तपाईहरु मोदीजीको दुई एजेन्डाप्रती प्रष्ट र सचेत हुनुस ।’
उनले भाजपाले राष्ट्रिय स्वयं सेवक संघ आर एस एसमार्फत नेपालमा हिन्दुत्वको एजेन्डा पनि अगाडि बढाउन सक्ने भन्दै सचेत रहन ध्यानाकर्षण पनि गराए ।
कार्यक्रममा भाकपा मालेकी पोलिटव्युरो सदस्य कबिता कृष्णसहित आधा दर्जन बिदेशी कम्युनिष्ट नेताले धाराणा राखेका थिए ।

१६ देशका २२ कम्युनिष्ट पार्टीका ४७ नेता सहभागी अन्तराष्ट्रिय सम्मेलन अन्तराष्ट्रिय घोषणा पत्र जारी गर्दै आजै सकिदैछ । prog

 

प्रतिक्रिया दिनुहोस्