अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रपतिद्वारा युवा २० व्यक्ति तथा संस्था सम्मानित (फोटो फिचर)


२८ साउन । राष्ट्र निर्माणमा योगदान पु¥याएका विभिन्न क्षेत्रका युवा व्यक्ति तथा तिनका संस्थालाई सरकारले ‘राष्ट्रिय युवा प्रतिभा सम्मान’द्वारा सम्मान गरेको छ ।

 शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीलगायतले २० व्यक्ति तथा संस्थालाई नगदसहित सम्मान गरे ।

अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भ पारेर राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको कार्यक्रममा सम्मानित हुनेमा समाजसेवा क्षेत्रका लागि हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे जोडीको धुर्मुस–सुन्तली फाउन्डेसन, व्यावसायिक कृषिबाट गुल्मीको पैँचो पसल प्रालि, वातावरण तथा सरसफाइका लागि खाँदबारी, सङ्खुवासभाका डा राजु अधिकारी छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय युवा परिषदले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा समाजसेवी हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’लाई सम्मान गर्दै । तस्बिर:रासस
राष्ट्रपति विद्यादेवी भण्डारी अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय युवा परिषदले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा समाजसेवी हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’लाई सम्मान गर्दै । तस्बिर:रासस

चित्रकला र सङ्गीतका लागि अपाङ्गता भएका अमीर लामा, कला र सङ्गीतका लागि शिव परियार, कृषि (फलफूल)का लागिओखलढुङ्गाका लोचन बस्नेत, चेलीबेटी बेचबिखन नियन्त्रणका लागि माइती नेपालकी फूलमाया तामाङ छन् ।

/fi6«kltåf/f o'jf ;Ddflgt /fi6«klt ljBfb]jL e08f/L cGt/f{li6«o o'jf lbj;sf] cj;/df /fli6«o o'jf kl/ifbn] z'qmaf/ sf7df8f}Fdf cfof]hgf u/]sf] ;df/f]xdf ;ªuLttkm{ ufos lzj kl/of/nfO{ ;Ddfg ub}{ . tl:a/ M k|bLk/fh jGt, /f;;
राष्ट्रपति विद्यादेवी भण्डारी अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय युवा परिषदले शुक्रबार काठमाडौँमा आयोजना गरेको समारोहमा सङगीततर्फ गायक शिव परियारलाई सम्मान गर्दै । तस्बिर रासस

त्यसैगरी कृषि (पशुपालन)का लागि हाल पोखराका व्यवसायी मकवानपुर निवासी दीपक तिमिल्सिना, कला र संस्कृतिका लागि ‘कालोपोथी’ चलचित्रका निर्देशक मीनबहादुर भाम, वैज्ञानिक खोज–अनुसन्धानका लागि काभे्रपलाञ्चोककी डा सुमन सत्याल छन् । साथै खेलकुद विधामा १० जनालाई सम्मान गरिएको छ । जसमा उसुकी निमा घर्ती मगर, जुडोकी फूपूल्हामु खत्री, फुटबलर नवयुग श्रेष्ठ, पारा खेलकुद प्रशिक्षक कुमार पौडेल, युवा क्रिकेटर सन्दीप लामिछाने, एथ्लेटिक्स खेलाडी विपना परियार, पौडीवाज गौरिका सिंह, खोखोका मुख्य प्रशिक्षक रामनारायण राय, तेक्वान्दो खेलाडी निशा रावल र नेपाल ट्राइथलन सङ्घ छन् । पुरस्कृत सबैले जनही रु एक लाख प्राप्त गरे ।

राष्ट्रपति विद्यादेवी भण्डारी अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय युवा परिषदले शुक्रबार काठमाडौँमा आयोजना गरेको राष्ट्रिय युवा प्रतिभा सम्मान समारोहमा फुटबलर नवयुग ७नतसेष्ठलाई सम्मान गर्दै । तस्बिर: रासस
राष्ट्रपति विद्यादेवी भण्डारी अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय युवा परिषदले शुक्रबार काठमाडौँमा आयोजना गरेको राष्ट्रिय युवा प्रतिभा सम्मान समारोहमा फुटबलर नवयुग ७नतसेष्ठलाई सम्मान गर्दै । तस्बिर: रासस

 

सो अवसरमा राष्ट्रपति भण्डारीले राष्ट्रिय युवा नीति र ‘युथ भिजन–२०२५’ एक वर्षभित्र लागू गर्नुपर्ने बताउँदै स्वदेशमै रोजगारी सिर्जना गर्न युवासम्बन्धी थप ठोस कार्यक्रम ल्याउनुपर्नेमा जोड दिइन् । देश विकासमा युवा परिचालन गर्न आग्रह गर्दै उनले भनिन् – “युवा शक्ति पलायन रोक्न सबै वर्ग र समुदायका युवालाई उपर्युक्त प्राविधिक र जीवनोपयोगी शिक्षा दिँदै स्वदेशमै रोजगारी सिर्जना गराउनुपर्छ ।”

राष्ट्रिय युवा परिषद्का अध्यक्षसमेत रहनुभएका मन्त्री श्रीपाइलीले युवा विकासकोे १० वर्षे योजना (युथ भिजन–२५)सँगै ल्याइएका अन्य सबै नीति, कार्यक्रम तथा योजना कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै भने – “अब युवाका क्षेत्रमा सरकारले लगानी बढाउनेछ ।”

कार्यक्रममा युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले करिब ४० लाख युवालाई स्वदेशमै रोजगारी दिने योजनाअनुरुप आफूहरु काम गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्