अन्तिम चेकजाँचमा जोशी असफल भएः योगेश भट्टराई


काठमाडौँ, साउन २४ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य योगेश भट्टराईले प्रधानन्यायाधीशमा सिफारिस दिपकराज जोशी अन्तिम चेकपोष्टबाट छिर्न सफल नभएको बताएका छन् । जनता टेलिभिजनसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक कानुनको पालना गरेर नै न्यायपरिषद्बाट जोशीको सिफारिस गरेर संसदीय सुनुवाई समितिमा पठाएको भन्दै अन्तिम चेकजाँचमा जोशी असफल भएको दाबी गरे । प्रधानमन्त्रीसहितको संवैधानिक परिषद्ले सिफारिस गरे पनि प्रधानन्यायाधीश नियुक्तिका लागि तीन–चार ओटा चेकपोष्ट पार गर्नु पर्ने हुन्छ,’ भट्राईले भने, ‘जोशी अन्तिम चेकपोष्टमा समातिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक कानुनको पालना गरेर नै न्यायपरिषद्बाट जोशीको सिफारिस गरेर संसदीय सुनुवाई समितिमा पठाएको भन्दै अन्तिम चेकजाँचमा जोशी असफल भएको दाबी गरे

उनले मापसे चेकको उदाहरण दिदैँ भने– ‘पहिलो मापसे चेकमा ट्राफिक व्यस्त थियो चेक गर्न भ्याएन होला, दोस्रो पनि त्यस्तै केही भयो होला, तेस्रोमा पनि त्यस्तै केही भयो होला । तर, चौथो तथा अन्तिम चेकमा जाँचकीले भेट्टायो भने त छाड्ने कुरा भएन नि, हो जोशीका सन्दर्भमा भएको त्यही । उहाँ अन्तिम चेकपोष्टमा पास हुन सक्नु भएन । यसलाई ठूलो विषय बनाउनु पर्ने कुनै कारण नै छैन ।’

भट्टराईले न्याय परिषद् र संवैधानिक परिषद्ले काम, कर्तव्य र अधिकार भित्र रहेर काम गरेको पनि दाबी गरे । जोशीको नाम अनुमोदन गराउनका निम्ति कमिलाको जस्तो दलालहरुको ताँती लागेको पनि उनले आरोप लगाए । तर, जाँचकी राम्रो परेकाले उनी अन्तिम चेकपोष्टबाट पार गर्न सकेनन् ।

प्रतिक्रिया दिनुहोस्