अन्सार दिन आतङ्ककारी समूहका मुख्य नाइके पक्राउ


१४ साउन । मालीको विशेष सुरक्षा सैनिक दलले अन्सार दिन आतङ्ककारी समूहका प्रमुख सेनापति महमुद ब्यारी अलियास अबु येहियालाई गिरफ्तार गरेको यहाँको सुरक्षा स्रोतले जनाएको छ ।

अन्सार दिन आतङ्ककारी समूहलाई उत्तरी मालीका विभिन्न इलाकामा हिंसात्मक र आतङ्ककारी गतिविधि मच्चाएको आरोप लाग्दै आएको छ ।

त्यस्तै गत वर्षको जुन महिनामा मालीको नारा प्रहरी बाहिनी उपर महमुद ब्यारीको नेतृत्वमा भीषण आक्रमण भएको थियो ।

साथै मध्य मालीको नाम्पालामा अवस्थित एउटा सैनिक क्याम्पमा गत हप्ता मात्र गराइएको आतङ्ककारी आक्रमणमा १७ जना सैनिक मारिनुका साथै अन्य ३५ जना घाइते भएका थिए ।

यस आक्रमण पनि महमुद व्यारी संलग्न रहेकै योजना मुताविक गराइएको भनी सैनिक स्रोतले दावी गरेको छ ।

संदिग्ध महमुद ब्यारी सन् १९७९ मा जन्मेको र मालीको सरकार विरोधी अर्को आतङ्ककारी समूह म्यासिना लिबरेसन फ्रन्टको मुख्य नेता अमादो कोफ्फाको विश्वास पात्रको रुपमा परिचित रहेको सैनिक स्रोतको दाबी छ । रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्