अपर मादीबाट मङ्सिर महिनासम्ममा विद्युत् उत्पाद हुने


काठमाडौँः पच्चिस मेगावाट क्षमताको कास्की जिल्लाको सिल्दुजुरे गाविसमा निर्माणाधीन अपर मादी जलविद्युत् आयोजनाको काम द्रुतगतिमा अघि बढेको छ । करिब रु पाँच अर्ब २८ करोड खर्च भएको उक्त आयोजनाको अहिलेसम्म ८५ प्रतिशत सकिएको छ । चाइना थ्री गर्जेज कर्पोरेसनको ८० प्रतिशत र आयोजनाका कार्यकारी अध्यक्ष विजय मल्लको २० प्रतिशतको लगानीमा विसं २०६९ को पुस महिनादेखि सुरु गरिएको यो आयोजना यहि रफ्तारमा अघि बढ्यो भने मङ्सिर महिनासम्ममा काम सकेर विद्युत् उत्पादन गर्न सकिने आयोजनाको तयारी छ ।
अहिलेसम्म आयोजनाको विद्युत् प्रसारण लाइन जोड्ने ३२ वटा टावरमध्ये २० वटा निर्माण गरिसकिएको छ भने बाँकी १२ वटाको पनि दुई महिनाभित्रमा निर्माण सक्ने लक्ष्य राखिएको छ । जलविद्युत् आयोजनाको विद्युत् उत्पादनगृह, बाँध निर्माण, सुरुङको कङ्क्रिट लाइनिङको काम पनि अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्