अफगानिस्तानबाट उडेको विमान काठमाडौं अवतरण, विमानस्थल शोकमग्न


८ असार । आत्मघाती बम आक्रमणमा परी मारिएका र घाइते नेपाली लिन अफगानिस्तानको काबुल गएको नेपाल वायुसेवा निगमको जहाज दिउँसो २ बजेर ३७ मिनेट जाँदा त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

‘नेपाली समय अनुसार अफगानिस्तानबाट मध्याह्न १२ बजेर ६ मिनेटमा उडेको विमान दिउँसो २ बजेर ३७ मिनेटमा अवतरण गरेको हो,’ त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलका प्रवत्ता भोला गुरागााईले भने । चार्टर गरिएको वायुसेवा निगमको विमान बिहान साढे ११ बजे काठमाडौँ फर्किने सेड्युल थियो ।

आक्रमणमा मारिएका र घाइते नेपाली बोकेको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ११ बजे अवतरण गर्ने सेड्युल अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको साढे ११ देखि १२ बजेसम्म विमानस्थल पुग्ने कार्यक्रम तय भएको थियो ।

सेड्युल भन्दा करिब ३ घण्टा ढिलो गरी त्रिभुवन विमानस्थलमा विमान अवतरण हुने भएपछि प्रधानमन्त्री ओली पनि करिब तीन बजे नै विमान पुगेका छन् । प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री कमल थापा पनि विमानस्थल पुगेका छन् । आफन्तको शव बुझ्न विमानस्थल पुगेका आफन्तहरुलको रुवाबासीले विमानस्थल नै शोकमग्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्