अफगानिस्तानमा १४ नेपालीको मृत्यु, भारतीय प्रमले भने, ‘नेपाललाई सक्दो सहयोग गरिरहेका छौं’


६ असार । अफगानिस्तानमा आज विहान भएको बम विस्फोटमा परी १४ नेपाली मारिएको पुष्टि भएको छ । नेपालको राजदूताबास नभएको उक्त देशमा नेपालीहरुको उद्दारमा भारतले सक्दो सहयोग गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् ।
भारतीय प्रधानमन्त्री मोदीले घटनालगत्तै ट्वीट गर्दै काबुल घटनाको निन्दा गरेका छन् ।

नेपाल र अफगानिस्तान सरकारप्रति समवेदना दिएका मोदीले आफ्नो दोस्रो ट्वीटमा भनेका छन्– ‘यस दुःखद घडीमा नेपाल सरकारलाई सघाउनका लागि हामीले सबै आवश्यक उपायहरु अवलम्बन गरिरहेका छौँ ।’ मृत्यु हुनेहरुको पूरै विवरण आइसकेको छैन ।


परराष्ट्रमन्त्री कमल थापाले ट्वीट गर्दै घटनाको निन्दा गरेका छन् । एक निजी कम्पनीमा कार्यरत ती नेपाली क्यानेडेली दूताबासको सुरक्षामा खटिएको बताइएको छ ।

काबुलमा कार्यरत नेपाल पत्रकार महासंघ रुकुमको पूर्वअध्यक्ष कमल थापाले पहिलो न्युजलाई दिएको जानकारी अनुसार, उनी कार्यरत कम्पनीमा ठूलो विस्फोटन सुनिएको थियो । उनका अनुसार, अहिले त्यहाँको वातावरण तनावपूर्ण भएका कारण मानिसहरुलाई आवातजावतमा रोक लगाइएको छ ।

अफगानिस्तानलाई पाकिस्तानस्थित नेपाली दूताबासले हेर्ने गर्दछ । त्यहाँबाट भरतराज पौडेल केही दिनअघि नेपाल फर्किएपछि दूताबास नेतृत्वविहीन छ ।

प्रतिक्रिया दिनुहोस्