अवैध क्लिनिकहरुमा धमाधम छापा मारिँदै (तस्बिरसहित)


१ मंसिर । स्वास्थ्य मन्त्रालयबाट खटेको अनुगमन टोलीले काठमाडौं र ललितपुरका थुप्रै क्लिनिकहरु अवैध रुपमा सञ्चालन भएको फेला पारेको छ । स्वास्थ्य मन्त्रालयल, स्वास्थ्य सेवा विभाग, जिल्ला जनस्वास्थ्य कार्यालय, प्रहरी लगायतको टोलीले सोमबारदेखि निरन्तर अनुगमन सुरु गरेको छ ।

अनुगमनका क्रममा मंगलबार काठमाडौका ४ र ललितपुरका ४ क्लिनिकहरुमा तालाबन्दी गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोमबार पनि काठमाडौका ४ र ललितपुरको एउटा क्लिनिकमा तालाबन्दी गरिएको थियो । दुई दिनमा कुल १३ वटामा तालाबन्दी गरेको मन्त्रालयले जनाएको छ ।

सोमबार र मंगलबार गरी दुवै दिन क्लिनिी तथा फार्मेसीहरुमा अनुगमन गरेको थियो । अनुगमन गरेका फार्मेसीहरु भने अवैध नदेखिए पनि पर्याप्त जनशक्तिको व्यवस्था नगरेको, फार्मेसी नपढेकाले पनि औषधी बिक्री गरेको लगायतका कमजोरी देखिएकाले उनीहरुलाई आवश्यक निर्देशन दिनुका साथै स्पष्टिकरण मागिएको काठमाडौंको अनुगमन टोलीको नेतृत्व गरेका व्यवस्थापन महाशाखाका डा. हेमन्त ओझाले जानकारी दिएका छन् ।

यसैबीच मंगलबार काठमाडौको चावहिलस्थित शाह प्याथोलोजी, रेशा क्लिनिक, विराज डेण्टल प्रालि र ओम समाज डेण्टल प्रालिमा तालाबन्दी गरिएको थियो । त्यसैगरी टोलीले भैंसेपाटीमा रहेका शुभेक्ता क्लिनिक एण्ड रिसर्च सेण्टर, ओमशान्ति सामाजिक संस्थाद्धारा सञ्चालित सम्पूर्ण सुरक्षित गर्भपतन सेवा र शम्भु फर्मा इन फोकस अप्टिकल एण्ड क्लिनिकमा पनि मंगलबार तालाबन्दी गरिएको थियो । सो टोलीले सोमबार जाउलाखेलमा रहेको गुहेश्वरी डेण्टल मल्टी स्पेर्यालीटीमा तालाबन्दी गरेको थियो । (अनुगमनका क्रममा खिचिएका सात तस्बिर)_91A9955 12 14 17 49 116 9888

प्रतिक्रिया दिनुहोस्