अब्यवस्थित बसोबास स्थानन्तरणको तयारी, नयाँ भू–उपयोग नीति प्रस्ताव


काठमाडौं २५ बैशाख । सरकारले बसोबासलाई ब्यबस्थित गर्न तथा जमिनलाई नयाँ ढंगले पुनवर्गीकरण गर्न भू–उपयोग नीति ल्याउने तयारी गरेको छ । प्रधानमन्त्री केपी ओलीले सरकारी निवास बालुवाटारमा आयोजना गरेको छलफलमा ती दुई विषयलाई उच्च प्राथमिकता दिँदै सरकारको नीति तथा कार्यक्रमको गृहकार्य गर्ने समझदारी भएको हो ।
‘छलफलमा अव्यस्थित बसोबासलाई कसरी व्यबस्थित गर्ने भन्नेबारेमा केन्द्रीत रहेर छलफल भएको छ’, प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जारी गरेको प्रेस नोटमा भनिएको छ,‘प्रधानमन्त्रीले अव्यबस्थित बसोबास विकासको बाधक भएकोले त्यसलाई व्यबस्थि तगर्न बस्तीहरु स्थानान्तरण गर्नुपर्ने प्रस्ताव गर्नुभएको थियो ।’ मध्यपहाडी राजमार्गमा दशओटा आधुनिक शहर विकास गर्ने परिकल्पनाको चर्चा हुँदै आएको परिप्रेक्ष्यमा प्रधानमन्त्रीले अव्यबस्थित बस्तीहरु स्थानन्तरण गर्ने नयाँ प्रस्ताव गरेका हुन् ।
छलफलमा पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल, पुष्पकमल दाहाल, शेरबहादुर देउवा, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, एमाले उपाध्यक्ष वामदेव गौतमलगायतका नेता सहभागी थिए । उनीहरुले भूउपयोग सम्बन्धि नीति बनाएर जमिनलाई पुर्नव्यवस्थित गर्दै उत्पादकत्व शक्ति बढाउनेगरी नीति बनाउन सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्