अब एक जिल्लाबाट अर्को जिल्ला जान कडाइ, सबै पास रद्द


काठमाडौं,३० वैशाख । गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जान कडाइ गरेको छ । मंगलबार मात्रै ५७ जना कोरोना संक्रमित भेटिएपछि आवतजावतमा कडाइ गरेको हो । गृह मन्त्रालयले मंगलबार एक जिल्लाबाट अर्को जिल्लामा जान जारी भएका सबै सवारी पास रद्ध गर्ने निर्णय गरेको छ। यो निर्णय बिहीबारदेखि लागु हुने छ।  उपत्यकामा कार्यरत सरकारी कर्मचारीको हकमा पनि पासलाई अनिवार्य गरिएको छ । यसअघि सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतसँग सम्बद्ध व्यक्तिले कार्यालयको परिचय पत्र देखाएर हिँड्ने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्