अब राष्ट्रिय समहमतिको सरकार बन्छः माधव नेपाल


३२ जेठ । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रिय सहमतिको सरकार निर्माणको पहल भइरहेको बताएका छन् । पूर्वी भ्रमणमा रहेका नेपालले मंगलबार झापामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । नेता नेपालले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र मधेसवादी दलसँग पनि राष्ट्रिय सहमति कायम गर्न छलफल भैरहेको जानकारी दिए ।

‘उनीहरुलाई सरकारमा सहभागी गराउनका प्रधानमन्त्री केपी शर्मा ओलीले पहल थाल्नुभएको छ,’ नेपालले भने । नेपालले दलले जुँगाको लडाइँमा अल्झि रहने हो भने देशलाई संवृद्धिको दिशमा अघि बढाउने नसकिने दाबी पनि गरे । ‘प्रमुख दलबीच एकता कायम नभएसम्म संविधान कार्यान्वयन हुन सक्दैन,’ उनले भने, ‘त्यसैले सहमति आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस्