अमेरिकाद्वार इरानमाथि ‘इतिहासकै सबैभन्दा कडा’ प्रतिबन्ध लगाउने


काठमाडौ, ८ जेठ । अमेरिकाले इरानामाथि ‘इतिहासकै सबैभन्दा कडा प्रतिबन्ध’ लगाउने त्यहाँका विदेशमन्त्रीले बताएका छन् ।
वासिङ्टनमा माइक पोम्पियोले नयाँ नीतिबारे जानकारी दिँदै कडा प्रतिबन्ध पश्चात् इरान आफ्नो अर्थव्यवस्थालाई जिउँदो राख्नका लागि संघर्ष गरिरहेको देख्न सकिने बताए ।
उनले भने, ‘इरानको आक्रामक व्यवहार रोक्नका लागि’ पेन्टागन र क्षेत्रीय सहयोगीसँग मिलेर काम गर्नेछौं ।’
यो महिनाको सुरुवातमा नै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग सन् २०१५ मा भएको परमाणु सम्झौताबाट अमेरिकालाई अलग्याएका थिए ।अमेरिकाका विदेशमन्त्रीको रुपमा विदेश नीतिको विषयमा आफ्नो पहिलो महत्वपूर्ण भाषणमा पोम्पियोले इस्लामिक गणतन्त्रसँग लड्नका लागि ‘प्लान बी’ को घोषणा गरे ।

बीबीसीका अनुसार उनले इरानसँग ‘नयाँ सम्झौता’ का लागि १२ शर्त राखे । यी शर्तमा सिरियाबाट आफ्नो फौजलाई फिर्ता बोलाउने र यमनमा विद्रोहीको समर्थन गर्नेलगायतका विषय समावेश छन् ।

प्रतिक्रिया दिनुहोस्