अमेरिकामा एकै दिन १९ सयको मृत्यु,मृत्यु हुनेको संख्या १६ हजार नाघ्यो


अमेरिका,२८ चैत । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट बिहीबार अमेरिकामा एकैदिन एक हजार नौ सयभन्दा धेरैको मृत्यु भएको छ ।  जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अमेरिकामा अहिलेसम्म भाइरसबाट मृत्यु हुनेको संख्या १६ हजार पाँच सय १३ पुगेको हो । अमेरिकामा संक्रमितको संख्या पनि चार लाख ६२ हजार नाघेको छ । अमेरिकामा बिहीबार मात्र ३० हजारभन्दा धेरै नयाँ संक्रमित भेटिएका छन् । अहिलेसम्म अमेरिकामा २५ हजार चार सयभन्दा धेरै संक्रमित निको भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्