अमेरिकामा देउसी–भैलो खेलेर ताप्लेजुङका विद्यार्थीलाई आर्थिक सहयोग


२५ कात्तिक । विदेशमा बसेर पनि देशप्रेम कति हुन्छ ? भन्ने प्रमाणित गरेका अमेरिकामा बसेका केही नेपालीहरुले । अमेरिकास्थित ‘झरना फाउन्डेसन’ले गरेको एक उदाहरणीय कामले धेरैलाई समाजसेवाप्रति चासो समेत देखाएको छ ।

फाउन्डेसनले विदेशीभूमि अमेरिकामै देउसी–भैलो खेलेर जम्मा गरेको ६० हजार रुपैयाँले ताप्लेजुङको घुन्साका ६ जना विपन्न परिवाले अध्ययनको समेत अवसर प्राप्त गर्ने भएका छन् । घुम्सा आधारभूत  विद्यालय,लेलेप–९ का विपन्न ६ विद्यार्थीलाई जनही रु दश हजारका दरले त्यो रकम वितरण गर्ने भएपछि त्यो अवसर प्राप्त भएको हो ।

घुन्सास्थित कनञ्चनजङ्घा बुद्धिष्ट समाज सेवा नेपालका अध्यक्ष मिङ्मा डल्डु शेर्पालाई अनेरास्ववियुका उपाध्यक्ष शैलेश लामाले रकम हस्तान्तरणपछि भने– ‘यो सुरुवात हो, हामी यस्ता विपन्न परिवारका छोराछोरी शिक्षाबाट बञ्चित हुनु नपरोस् भनेर यस्ता सहयोगी हात बढाइरहेका छौँ ।’

उनले गाउँका बिपन्न विद्यार्थीलाई सहयोग गर्ने हेतूले ताप्लेजुङमा जन्मिएर अमेरिकालाई कर्मथलो बनाएका ‘झरना फाउन्डेसन’ का सस्थापक सदस्य अनुप्पा शेर्पाको सकृय भूमिकाको पनि प्रशंसा गरे । ‘अनुप्पा र फाउण्डेशनले गरेको यो योगदान अतुलनीय छ,’ लामाले भने । 77777h

प्रतिक्रिया दिनुहोस्