अमेरिकामा भिसा किर्ते गरेको अभियोगमा एक नेपाली पक्राउ


काठमाडौ, २८ चैत  । किर्ते कागजातका आधारमा अमेरिकी भिसा दिलाएको अभियोगमा अमेरिकामा एक नेपाली पक्राउ परेका छन् । ४२ वर्षका सन्तोष गिरीलाई अमेरिकी प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

गिरीसँगै कुमार अश्वपाठी र किशोर दत्तपुरम नामका उनका दुई साझेदार पनि पक्राउ परेका छन् । आफ्नो कन्सल्टेन्सीमा काम दिने भनी कागजात बनाएर विदेशी कामदार अमेरीका ल्याउने गरेको आरोप उनीहरुमाथि लागेको छ । यसरी कामदार ल्याउृँदा उनीहरुसँग पैसा लिने गरेको पनि आरोप उनीहरुमाथि छ ।

उनीहरुको अपराध प्रमाणित भएमा २ लाख ५० हजार अमेरिकी डलर जरिवाना र १० वर्ष कैद हुनसक्ने छ ।

प्रतिक्रिया दिनुहोस्