अमेरिकामा राष्ट्रिय आपतकाल घोषणा


१ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको बढ्दो प्रकोपलाई नियन्त्रण गर्न मद्दत गर्न राष्ट्रिय आपतकाल घोषणा गरेका छन्।यसका साथै अमेरिकी सरकार अब विपतको राहतका लागि ५० अर्ब डलर खर्च गर्न सक्ने छ ।

साथै सरकारले अब अलग अलग राज्य सरकारसँग मिलेर प्रशासनका साथसाथै उच्च समन्यव गरेर काम गर्ने छ । शुक्रबार एक पत्रकार सम्मेलनमा उनले भने कि मानिसहरुले सरसफाईमा विशेष ध्यान दिउन्, अत्यावश्यक बाहेक यात्रा नगरुन् र भीडभाडबाट बचून् ।

ट्रम्पले भने ‘आउने साता हाम्रो लागि धेरै महत्पूर्ण छ र हाम्रो पूरा प्रयास छ कि कोरोना भाइरस फैलनबाट रोकौँ ।’

ट्रम्पले भने कि देशका केही राज्यहरुमा कोरोना भाइरसका संदिग्ध पाइएका छन् । यसकारण सरकार मानिसहरुको स्वास्थ्य जाँच र उपचारको काममा तदारुकताका साथ लागिरहेको छ ।

ट्रम्पले आपतकाल कति दिन सम्म रहने भन्ने स्पष्ट पारेनन् । उनले भने ‘आशा गरौँ स्थिति छिट्टै ठीक हुने छ ।’

उनले भने, ‘हामी थुप्रै विषयमा अरु देशलाई सहयोग गछौँ र मलाई आशा छ यो मुश्किल परिस्थितिमा हामी सबै डटेर लडौँ । ’

प्रतिक्रिया दिनुहोस्