अमेरिकी राष्ट्रपतिको भाषण सुनेर किन हाँसे महासभामा भाग लिएका राष्ट्र प्रमुखहरु


काठमाडौ, १० असोज । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानी नेतृत्वको तिखो हमला गरेका छन् । उनका अनुसार इरानले पूरा मध्य पूर्वमा ‘अराजकता, हत्या र विनाश’ को माहौल बनाएको छ ।
ट्रम्पले यो कुरा न्यूयोर्कमा संयुक्त राष्ट्रको महासभाको ७३ औं अधिवेशनमा भनेका हुन् । उनले इरानसँग परमाणु सम्झौता रद्द गर्ने आफ्नो निर्णयको पनि बचाउ गरे ।

उनले भने, ‘इरानको नेतृत्वले आफ्नो छिमेकी देश, त्यसको सीमा र सम्प्रभुताको सम्मान गर्दैन । इरानका नेताले देशको स्रोत साधनको प्रयोग आफूलाई धनी बनाउन र मध्य पूर्वमा हलचल मच्चाउनका लागि गरिरहेको छ ।’

आफ्नो प्रशासनले अमेरिकाको इतिहासमा ‘अरु सबैले भन्दा धेरै’ काम पूरा गरेको पनि ट्रम्पले बताए ।

उनको यो कुरा सुनेर दर्शकदीर्घामा रहेकाहरु हाँस्न थाले ।

हाँसो गुञ्जिएपछि ट्रम्प पनि हाँसे र भने, ‘मैले यस्तो प्रतिक्रियाको आशा गरेको थिइनँ ।’ त्यसपछि ट्रम्पले ठूलो आवाजमा दोहोराउँदै भने, ‘अमेरिका यसअघि यति बलियो, धनी र सुरक्षित कहिले पनि थिएन ।’बीबीसी

प्रतिक्रिया दिनुहोस्