अम्बरको निधनले गीत–संगीतको क्षेत्र अभिभावक विहीनः देउवा


२५ जेठ । वरिष्ठ गायक तथा संगीतकार अम्बर गुरुङको निधनप्रति नेपाली कांग्रेसले गहिरो दुःख व्यक्त गरेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक शोक विज्ञप्ति जारी गर्दै ७९ वर्षीय अम्बर गुरुङको मंगलबार बिहान भएको निधनबाट आफु र आफ्नो पार्टी नेपाली कांग्रेस स्तब्ध र मर्माहत भएको उल्लेख गरेका छन् ।

‘राष्ट्रिय गानका संगीतकार समेत रहनु भएका स्वर्गीय गुरुङ नेपाली गीत–संगीत आकाशका एक उज्ज्वल तारा हुनुहुन्थ्यो,’ विज्ञप्तिमा भनिएको छ, ‘यस क्षेत्रको श्रीवृद्धिमा उहाँले महत्वपूर्ण योगदान पु¥याउनु भएको थियो । उहाँको निधनबाट राष्ट्रले हजारौँ गीतका एक वरिष्ठ संगीतकार गुमाएको छ, गीत–संगीतको क्षेत्रमा अपूरणीय क्षति पुगेको छ र अभिभावक विहीन बन्न पुगेको छ ।’

त्यसैगरी विज्ञप्तिमा स्वर्गीय गुरुङले नेपाली गीत–संगीतको क्षेत्रमा पुर्याएको योगदानको स्मरण गर्दै उनीप्रति उच्च सम्मान प्रकट गरिएको छ । ‘उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु,’ देउवाले विज्ञप्तिमा भनेको छन्,’ ‘साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनहरुमा हार्दिक समवेदना प्रकट गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्