अराजक बन्दै राजपा, निगरानी बढाउँदै सरकार


२ असार । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का केही अराजक कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । सरकारले प्रदेश नम्बर दुईको स्थानीय निर्वाचन मिति असोज २ गतेलाई सारेपछि राजपा निर्वाचनमा आउने दाबी गरिहेका बेला राजपाकै कार्यकर्ता उदण्ड गतिविधिमा सक्रिय बनेका हुन् ।

उनीहरुले क्षेत्रीय निर्वाचन कार्यालय बिराटनगरमा तालाबन्दी गर्ने हर्कत गरेपछि प्रहरीले पक्राउ गरेको हो ।

प्रदेश नम्बर एकको उम्मेदवार मनोनयन दर्ताको दुई दिन अघि मात्रै राजपाका १५ जना नेता–कार्यकर्ताले त्यस्तो उदण्ड काम गरेपछि प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ । यता राजपाले भने पूर्वघोषित कार्यक्रम अनुसार निर्वाचन कार्यालयमा ताला लगाएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्