अर्घाखाँचीमा जिप दुर्घटना : एकको मृत्यु


अर्घाखाँची,१६ वैशाख । ठाडा अमराईबाट जलुकेतर्फ जाँदै गरेको जिप अर्घाखाँचीको जुकेना–६ फुर्सामाटा देउरालीमा सोमबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

ठाडाबाट जलुके हुँदै प्युठानको कोल्बोट जाँदै गरेको ग १ ज ४८७६ नम्बरको जिप दुर्घटना हुँदा कपिलवस्तु सिबराज – ५ चन्द्रौटाका १८ वर्षीया सिता उपाध्यायको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि घाइते भएकी उपाध्यायको उपचारको लागि बुटवलतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । जिपमा जम्मा १० जना सवार भएपनि अरु सामान्य घाइते भएका छन् ।

उपाध्यायले टाउको बाहिर निकालेका कारण च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाको जानकारी पाउना साथ ठाडा इलाका प्रहरी कार्यालयबाट गएको प्रहरी र स्थानीयले उद्धार गरेका थिए ।

जिप उकालो सडकमा एक्कासी ब्रेक फेल भएर अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ

 

प्रतिक्रिया दिनुहोस्