अर्घाखाँचीमा बस दुर्घटना हुँदा दुईको मृत्यु, १० जना गम्भीर


२० असोज । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका– २ सापडाँडामा शुक्रबार बिहान बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ३० जना घाइते भएका छन् ।

घाइते भएकामध्ये १० जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । घाइतेहरुको उद्दार कार्य जारी रहेको र उनीहरुको उपचारका लागि सन्धिखर्क, तम्घास पठाउने काम भइरहेको जनाइएको छ ।

मालारानी गाउँपालिकाको अर्घातोष डाँडाकटेरीबाट बुटवलका लागि छुटेको लु १ ख ७५१८ नम्बरको बस मालारानी– २ सापडाँडामा सडकदेखि १ सय मिटर तल खसेपछि दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्