अर्घाखाँचीमा बस दुर्घटना १९ को मृत्यु, १७ घाइते


काठमाडौं, १२ मंसिर :  अर्घाखाँचीको सन्धीखर्क नगरपालिका–६ स्थित रातामाटाका बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १९ पुगेको छ।

सन्धिखर्कबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख २१४८ नम्बरको यात्रुबाहक नरपानी रातामाटामा सडकबाट ५ सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो । घाइते १२ जनालाई उपचारका लागि बुटवल पठाइएको प्रमुख जिल्ला अधिकारी बिजय राज पौडेलले बताए ।

बस सडकबाट झण्डै तीन सय मिटर तल खसेको छ । दुर्घटनामा ज्यान गुमाउनेहरुको मध्ये ८ जनाको मात्र सनाखत भएको छ । सनाखत हुनेहरुमा सनपा ७ निवासी शिवलाल भट्टराई, बलराम भट्राई, मायाँ पुरी, मोनिका खड्का, भुनपा ९ का शैलेस थापा, बुद्धभुमी न.पा.का ओबबहादुर थापा र सिनपा २ निबासी गाडि धनी सन्तोष बस्नेत रहेका छन् ।

११ जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । घाइतेहुनेहरुमा सपना कुवँर, लोकनाथ पाण्डे, बिष्णु अधिकारी, नन्दबहादुर बि.क कृष्ण बि.क र जीवन बि.क.को मात्र पहिचान खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्