अर्थमन्त्रीको आक्रामक भाषणः चुनौतीको तालुमा टेकेर बजेट ल्याएको छु, कार्यान्वयन गरेर देखाउँछु


म आफैँले सदन समक्ष पेस गरेको हुनाले यो बजेट र यसका विशेषताका बारेमा मैले धेरै चर्चा गर्नु उचित ठानेको छैन । म आफ्नो प्रशंसा आफैँले गर्नुहुँदैन भन्ने मान्यता राख्ने मानिस हुँ । त्यसैले बजेटका विशेषताका बारेमा म धेरै चर्चा गर्न चाहन्न ।

बजेटका बारेमा यहाँहरुबीच धेरै चर्चा भएको छ, जनताका बीचमा पनि धेरै चर्चा भएको छ । यहाँ सञ्चारमाध्ययमका साथीहरु पनि हुनुहुन्छ । म तपाईंहरुका अघि केही स्पष्टीकरण राख्न चाहन्छु ।

बजेटका बारेमा जुन ढंगको आलोचना भएको छ, म सञ्चारमाध्ययमका साथीहरुलाई अघि राखेर, क्यामराका अघि उभिएर भन्न चाहन्छु, म अर्थमन्त्री भएको नाताले यो आलोचनालाई हार्दिकताका साथ ग्रहण गर्न चाहन्छु । त्यससँगै म बजेटको आलोचना गर्नेहरुलाई आग्रह पनि गर्न चाहन्छु, विरोधका लागि तपाईंहरुसँग अरु तर्कहरु पनि छन् भने लिएर आउनुहोस् । ती विरोध र आलोचनालाई स्वागत गर्न चाहन्छु । म ती सबै तर्क र आलोचनामा सहभागी हुन चाहन्छु । बजेटका राम्रा–नराम्रा पक्षका बारेमा चलेका बहसमा म र मेरो टीम सहभागी हुन चाहन्छ ।

म विनम्रतापूर्वक भन्न चाहन्छु, तपाईंहरुले बजेटका बारेमा गरेका आलोचनाले मलाई झन् उत्साहित बनाएको छ । त्यस्ता आलोचनाले मलाई साँच्चै मैले राम्रो बजेट ल्याएको रहेछु भन्ने अनुभूति भएको छ ।

बजेट धेरै महत्वकांक्षी भयो भनेर पनि चर्चा हुने गरेको छ । धेरैले बजेट कार्यान्वयनका बारेमा चुनौती छ पनि भन्नुभएको छ । म चुनौती दिएर भन्न चाहन्छु, चुनौती नभएको कुन काम छ ? लौ भन्नुहोस त चुनौती कुन काममा छैन ? तपाईं भान्छा घरमा बसेर खाना खानुहुन्छ, तपाईं बाथरुम जानुहुन्छ, तपाईं विस्तारमा सुत्न जानुहुन्छ । ती सबै ठाउँमा चुनौती छ । हामीले चुनौतीसँग भागेर सम्मृद्ध नेपाल निर्माण गर्न सक्दैनौँ । हामी अहिले आर्थिक संबृद्धिको एजेन्डा अघि सारिरहेका छौँ । हामी मुलुकलाई समृद्धितर्फ अघि बढाएर जानुपर्छ भनिरहेका छौँ । अनि हामी चुनौतीसँग डराएर त्यो पूरा हुन्छ ?

म विनम्रतापूर्वक भन्न चाहन्छु, तपाईंहरुले बजेटका बारेमा गरेका आलोचनाले मलाई झन् उत्साहित बनाएको छ । त्यस्ता आलोचनाले मलाई साँच्चै मैले राम्रो बजेट ल्याएको रहेछु भन्ने अनुभूति भएको छ ।

 

सगरमाथा चढ्न पनि चुनौती छ । सगरमाथा चढ्दा चुनौती छ भन्ने कुरा पासाङ ल्हामुलाई राम्ररी थाहा थियो । त्यो थाहा पाएर नै उहाँले सगरमाथा चढ्नुभयो र पहिलो सगरमाथा आरोही महिलाको सम्मान र पदवी पाउनुभयो । चुनौती छ भनेर सगरमाथा चढ्न डराउनुभएको भए त्यो सम्मान उहाँले प्राप्त गर्न सक्नु हुने थिएन । म विनम्रतापूर्वक भन्न चाहन्छु । यी सारा चुनौतीको तालुमा टेकेर मैले बजेट ल्याएको छु । यो बजेट कार्यान्वयनका लागि ल्याएको हो, कार्यान्वयन हुन्छ । यो बजेट कार्यान्वयन गर्ने इच्छाशक्ति छ, कार्यान्वयन गर्ने संकल्प छ, कार्यान्वयन गर्ने आत्मविश्वास छ ।

बजेटमा मनोगत कुरा समावेश गरिएको छैन । कहाँ र कसरी बजेट कार्यान्वयन गर्ने भन्ने कुरा स्पष्ट छ । म फेरि पनि भन्न चाहन्छु, यो बजेट कार्यान्वयन गर्नका लागि ल्याइएको हो, कार्यान्वयन हुन्छ । भलै केही चुनौती छन् । ती चुनौतीलाई सामना गरेर बजेट कार्यान्वयन गर्ने हाम्रो संकल्प पूरा गरेर छाड्छौँ । मैले चुनौतीबाट भाग्ने बाटो रोजिनँ, चुनौतीको सामना गर्ने विकल्प रोजेँ ।

बजेट महत्वाकांक्षी होइन, उच्च आकांक्षी
धेरैतिरबाट बजेट महत्वाकांक्षी भयो भन्ने आरोप आयो । त्यसपछि मैले यो बजेटमा साँच्चै गल्ती त गरिनँ भनेर सोचेँ, फर्केर हेरेँ, समीक्षा गरेँ । त्यसपछि मैले निष्कर्ष निकालेँ, बजेट महत्वाकांक्षी होइन, उच्च आकांक्षी छ ।

हामीले यस्तै अवस्थामा अल्झिएर समृृद्ध नेपाल निर्माण गर्न सक्दैनौँ । हामी यही वरिीपरि घुमेर समाजवादको लक्ष्य भेटाउन पनि सक्दैनौँ । त्यसैले हामीले यी सबै कुराको ख्याल गरेर उच्च आकांक्षासहित यो बजेट ल्याएका छौँ । मुलुकलाई संमृद्धिको बाटोमा लैजाने हो भने उच्च आकांक्षी हुनैपर्छ ।

बजेटलाई चुनावमूखी, वितरणमूखी, पार्टीको घोषणापत्र जस्तो भयो भन्ने जस्ता आरोप पनि लगाउने गरिएको छ । एउटा पत्रिकामा कार्टुन नै छापियो, विष्णु पौडेलले पैसा फररर मिल्काएको कार्टुन हेरेर म आफैँ दंग परेँ । बजेट वितरणमूखी भयो भनेर आलोचना गर्ने विद्वानहरुलाई म आँखामा आँखा जुधाएर भन्न चाहन्छु, तपाईंलाई मन नपरेको वितरणमूखी शीर्षक कुन हो ? सामाजिक सुरक्षाभत्ता हो ? अपाङ्गता भएका व्यक्तिहरुलाई प्रदान गरेको सामाजिक सुरक्षा भत्तामा वृद्धि गरिएको कुरामा तपाईंलाई चित्त नबुझेको हो ? हो भने सबै लोकले थाहा पाउने गरी, सबै आमा–बुबाले थाहा पाउने गरी, विधवा, अपाङ्गता भएका, एकल महिलाले थाहा पाउने गरी भन्नुहोस् न । तपाईं यो भन्न सक्नुहुन्न । वितरणमूखी भयो भन्ने तर कहाँ भयो भन्न नसक्ने ?

हामीले यस्तै अवस्थामा अल्झिएर समृृद्ध नेपाल निर्माण गर्न सक्दैनौँ । हामी यही वरिीपरि घुमेर समाजवादको लक्ष्य भेटाउन पनि सक्दैनौँ । त्यसैले हामीले यी सबै कुराको ख्याल गरेर उच्च आकांक्षासहित यो बजेट ल्याएका छौँ । मुलुकलाई संमृद्धिको बाटोमा लैजाने हो भने उच्च आकांक्षी हुनैपर्छ ।

 

तपाईंलाई मन नपरेको गाउँमा दिएको बजेट हो ? तपाईंहरु नै भन्नुहुन्छ, हामीले संविधान जारी ग¥यौँ, अब सिंहदरवारको शक्ति विकेन्द्रीकरण गर्ने हो । अनि त्यही गाउँलाई बजेट बितरण गर्दा किन टाउको दुखाइ ? तपाईँ सिंहदरवारको शक्ति गाउँमा पठाउनु हुन्न भने तपाईंले गाउँ बनाउँछु भन्दा कसैले पत्याउँछ ?

हामी गाउँलाई गाउँपालिकाका रुपमा विकास गर्न चाहन्छौँ । हामी सिंहदरवारको अधिकारलाई गाउँमा पठाउन चाहन्छौँ । यो हाम्रो संकल्प हो । तपाईंहरु चर्को स्वरले विरोध गर्दै रहनुहोस्, हामी गाउँ–गउँमा सिंहदरवारको शक्ति लैजान्छौँ । जनताले सिंहदरवारलाई टुटुटुलु हेरेर बस्ने कुराको हामी अन्त्य गर्न चाहन्छौँ ।

तपाईंहरु वितरणमूखी बजेट भयो भनेर कराइरहनु भएको छ । निजामती, जङ्गीका साथीहरुले थाहा पाउँने गरी भन्नुहोस् न । के उहाँहरुको तलब–भत्ता बढाउनु वितरणमुखी हो ? धेरै बुद्धिजीवी साथीहरुले निकै अमर्यादित शब्द प्रयोग गर्नुभएको छ । म त्यस्ता शब्द त प्रयोग गर्दिनँ । म मर्यादित र आदरपूर्वक भन्न चाहन्छु, तपाईंहरुको आलोचना सुन्दा–सुन्दा मेरो कान दुख्न थाल्यो । प्रस्ट भन्नुहोस्, कुन प्रस्ताव तपाईंलाई मने परेन ? कुन कार्यक्रम तपाईंलाई मन परेन ?

हामी गाउँलाई गाउँपालिकाका रुपमा विकास गर्न चाहन्छौँ । हामी सिंहदरवारको अधिकारलाई गाउँमा पठाउन चाहन्छौँ । यो हाम्रो संकल्प हो । तपाईंहरु चर्को स्वरले विरोध गर्दै रहनुहोस्, हामी गाउँ–गउँमा सिंहदरवारको शक्ति लैजान्छौँ । जनताले सिंहदरवारलाई टुटुटुलु हेरेर बस्ने कुराको हामी अन्त्य गर्न चाहन्छौँ ।

 

बजेट महत्वकांक्षी भयो भन्ने तर्कमा म दम देख्दिन ।  अहिले मुख्य गरेर नेपाली कांग्रेसका साथीहरुले ठूलो आकारको बजेट आयो भन्ने आरोप लगाउनुभएको छ । एकदम सुन्निएको बजेट बनायो भनेर आलोचना गर्नुभएको छ । कति पटक त आलोचना सुन्दा–सुन्दा हो कि जस्तो पनि लाग्यो । हामीले अब कृषि, ऊर्जा, पर्यटन जस्ता विविध क्षेत्रमा प्रभावकारी ढंगले अघि बढ्नु पर्ने अवस्था छ ।

bp1
म तथ्याङ्कमा भन्न चाहन्छु । आर्थिक बर्ष ०७१–०७२ को तुलनामा आर्थिक वर्ष ०७२–०७३ को बजेट ३२ दशमलब ५ प्रतिशतले बढी थियो । आर्थिक बर्ष ०७२–०७३ को तुलनामा मैले प्रस्तुत गरेको आर्थिक बर्ष ०७३–०७४ को बजेट २८ प्रतिशतले मात्र ठूलो छ । अघिल्लो आर्थिक बर्षको बजेट ३२ दशमलब ५ प्रतिशतले ठूलो हुँदा कसैले कोकोहोलो गरेनन् । बरु तर्क के गरियो भने भूकम्पपछि पुनःनिर्माण गर्नुपर्छ, त्यसका लागि ठूलो बजेट चाहिन्छ । सबैले पत्याए । म प्रश्न गर्न चाहन्छु, ३२ दशमलब ५ प्रतिशत ठूलो कि २८ प्रतिशत ठूलो ? त्यसैले बजेट ठूलो भयो भनेर जुन टिप्पणी गरिएको छ, त्यसको कुनै तुक छैन ।

 

बजेट महत्वकांक्षी भयो भन्ने तर्कमा म दम देख्दिन ।  अहिले मुख्य गरेर नेपाली कांग्रेसका साथीहरुले ठूलो आकारको बजेट आयो भन्ने आरोप लगाउनुभएको छ । एकदम सुन्निएको बजेट बनायो भनेर आलोचना गर्नुभएको छ । कति पटक त आलोचना सुन्दा–सुन्दा हो कि जस्तो पनि लाग्यो । हामीले अब कृषि, ऊर्जा, पर्यटन जस्ता विविध क्षेत्रमा प्रभावकारी ढंगले अघि बढ्नु पर्ने अवस्था छ ।

बजेट वृद्धि हुँदा र कर्मचारीको तलब वृद्धि गर्दा मूल्यवृद्धि हुन्छ भन्ने तर्क गरिएको छ । त्यो पनि उचित छैन । एक जना कांग्रेसका ठूलै नेताले भन्दिनुभयो, कांग्रेसले जम्मा गरेको थियो, एमालेले बाँड्यो । म तपाईंलाई नै प्रश्न गर्न चाहन्छु, तपाईंलाई बाँडेको कुन मन नपरेका हो ? त्यो उहाँहरु भन्न सक्नुहुन्न । यस्ता आरोपबाट म विचलित हुने पक्षमा छैन । यो बजेट जनता र राष्ट्रप्रति जवाफदेही भएर प्रस्तुत गरेको छु । म फेरि आँखामा आँखा जुधाएर भन्न चाहन्छु, यो बजेट कार्यान्वयन नहोला कि भनेर कसैले चिन्ता नलिएर हुन्छ, यो कार्यान्वयन हुन्छ ।
अस्ति एक जना साथीहले भन्नुभयो, विष्णु पौडेलले यस्तो बजेट ल्याउँदो रहेछ तैँले किन नल्याएको भनेर मेरो दलका साथीहरुले दलको बैठकमै आलोचना गर्नुभयो ।

मैले बजेट ल्याएको कारणले कुनै पनि पूर्वअर्थमन्त्रीलाई अप्ठ्यारो नपरोस् । मेरो पार्टीका पूर्वअर्थमन्त्रीहरुलाई पनि अप्ठ्यारो नपरोस् । मैले बजेट साथीहरुलाई अप्ठ्यारो होइन, देशलाई सप्ठ्यारो पार्न ल्याएको हुँ । नेपाली युवाहरु विदेशिए भनेर गीत गाएर बस्नुको कुनै अर्थ छैन । युवालाई स्वदेशमै राख्ने भनेर समात्ने वा ढोका थुन्ने हुँदैन । उनीहरुलाई भविष्य देखाएर राख्ने हो, नीति, कार्यक्रम र बजेटले हो । त्यो कुरा यो बजेटमा छ ।
(आइतबार युवा संघ नेपालले आयोजना गरेको आर्थिक वर्ष २०७३ ७४ को बजेट कार्यान्वयन :सम्भावना, चुनौती र समाधानका उपाय विषयक अन्तरक्रियामा अर्थमन्त्री पौडेलले राखेका धारणको सम्पादित अंश)

प्रतिक्रिया दिनुहोस्