अर्थमन्त्री महराले भने– ‘अर्थतन्त्र नेपाल र नेपालीको हातमा छैन’


३१ भदौ । उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराले नेपालको अर्थतन्त्र पूरै ‘फेल’ भएको भन्न नमिल्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को १७औं वाषिर्क साधारण सभालाई सम्बोधन गर्दै मन्त्री महराले यस्तो बताए ।

‘नेपालको राजनीति र अर्थतन्त्र दुर्ब फेल भएको भन्न मिल्दैन,’ उनले भने ‘अप्ठ्यारोमा चाहिँ छ, यसलाई सबै मिलेर सुधार गरेर अघि बढ्नुपर्छ ।’ महराले नेपालको अर्थतन्त्र नेपाल नेपालीको हातमा नभएको भन्दै ठीक ट्याकमा ल्याउँन केही कसरत गर्नुपर्ने पनि बताए ।

‘हामी प्रतिस्पर्धामा आधारित राजनीति र प्रतिस्पर्धी अर्थतन्त्र प्राप्तिका लागि हामी लडेका हौं,’ महराले भने ‘हामी सामन्तवादमा आधारीत अर्थतन्त्रमा थियौँ, अहिले प्रतिस्पर्धात्मक राजनीतिमा छौँ, अहिले पनि अर्थतन्त्र हाम्रो हातमा छैन । ल्याउन अझै मेहनत गर्नुपर्ने देखियो ।’
उनले आफूले अर्थशास्त्रको विज्ञ नभएको भन्दै केही बुझ्दै गरेको पनि बताए । ‘मेरो अर्थमन्त्रालय नयाँ जिम्मेवारी हो, केही सिक्दै छु,’ उनले भने ‘निजी क्षेत्र र लगानीलाई प्रोत्साहन गरौैँ, राष्ट्रिय अर्थतन्त्रलाई प्रोत्साहन गरौँ, हामीले केही गर्न सक्छौँ ।’

प्रतिक्रिया दिनुहोस्