अविश्वासको प्रस्ताव पहिले कि आर्थिक विधेयकहरु ? सत्तापक्ष र विपक्षीवीच विवाद :ससद बैठक २ बजे सम्म स्थगित्

६ साउन। बिहान ११ बजे बस्ने भनिएको ससद बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ । सभामुख ओनसरी घर्तीको कार्यकक्षमा बसेको राजिनतिक दलका शीर्ष नेताहरुको बैठकपछि व्यवस्थापिका संसदको बैठक २ बजे सम्मका लागि गरिएको हो ।
दिउँसो १ बजे फेरि शीर्ष नेताहरुले सभामुखसँग छलफल गरेर ससदको बैठ्क सुरु वगरिने बताइएको छ ।
सभामुख घर्तीले बिहान प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डलाई छलफलका लागि आफ्नो कार्यकक्षमा बोलाएकी थिइन् । सभामुखले संसदमा अविश्वासको प्रस्तावमाथि छलफल सुरु हुनु अगावै प्रक्रियामा सहमति गर्न तीन दलका नेतालाई आग्रह गरेकि थिइन् ।
‘शीर्ष नेताहरुले सभामुखसँग आ-आफ्नो पार्टीभित्र छलफल गर्ने समय मागेपछि ‘दलका नेताहरुले आन्तरिक छलफल गरिसकेपछि फेरि दिउँसो १ बजे सभामुख र तीन दलका नेतावीच छलफल हुने सभामुखका प्रेस सल्लाहकार बासुदेव शर्माले बताए ।
अविश्वासको प्रस्तावमाथि पहिले छलफल गर्ने कि आर्थिक विधेयकहरु पहिले पारित गर्ने भन्नेबारे सत्तापक्ष र विपक्षीवीच विवाद छ । कांग्रेस र माओवादीका नेताहरु पहिले अविश्वासको प्रस्तावमाथि छलफल हुनुपर्ने अडानमा छन् भने एमाले नेताहरुले चाँहि पहिले आर्थिक विधेयक पारित नगरी प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमाथि छलफल अगाडि बढाइएमा संसद अवरुद्ध पार्ने चेतावनी दिएका छन् ।
दुबै पक्षको अडानका नफेरिएसम्म संसद बैठक सुरु गरिएको अवस्थामा तनावको स्थिति उत्पन्न हुन सक्ने देखेर सभामुख ओनसरीले तीन दललाई मिलाउने प्रयास गर्न लागेकी हुन ।