अवैध लागूऔषध गाँजा सहित सर्लालीमा एक पक्राउ


सर्लाही, १३ बैशाख । सर्लाहीमा ९ केजी अवैध लागूऔषध गाँजा सहित एक व्यक्ति पक्राउ परेका छन । पक्राउ पर्नेमा सिन्धुली हरिहरपुर गढी गाउँपालिका ७ का २५ वर्षीय वाङछु थिङ रहेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले शंका लागी जाँच गर्दा थिङले बोकेको झोलाभित्र उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्