अहिलेको प्रमुख सुरक्षा चुनौती आतंककारी गतिविधी- प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको प्रमुख सुरक्षाचुनौतीआतंककारी गतिविधीभएको बताएका छन् ।
नेपाली सेनाको अधिकृत क्याडेट तालिम र पदिक÷हुद्या क्याडेट तालिमको आयुक्त पद प्रधानकार्यक्रमलाई आज नेपाली सैनिक प्रतिष्ठान खरिपाटी भक्तपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यस्तो बताएका हुन् । “देशभित्र हिंसात्मक गतिविधीमा क्रियाशिल अतिवादी तत्वहरु, अन्तर्राष्ट्रिय आतंककारी गतिविधीको चुनौतीहरु साथै क्षेत्रीय र जातीय विद्वेषमा आधारित द्वन्द्वहरु अहिलेका वास्तविक खतरा हुन्” प्रधानमन्त्री ओलीले भने, “यस प्रकारका खतरा विरुद्ध हाम्रा सुरक्षा निकाय सदैव तयार हुनु पर्दछ ।”
प्रधानमन्त्री ओलीले २१ औं शताब्दीको अर्को महत्वपूर्ण चुनौती साइबर सुरक्षा भएको पनि उल्लेख गरे । “यो प्रत्यक्ष हमलाभन्दा पनि कारगार हुन्छ ” प्रधानमन्त्री ओलीले भने, “राष्ट्रिय सुरक्षाका विविध आयामका बारेमा जानकार रही साइबर सुरक्षाको विश्वसनीय योजना सहित सुरक्षानिकायहरु बिच असरदार समन्वय बनाउनु जरुरी छ ।” प्रधानमन्त्री ओलीले नेपाली सेनाले राष्ट्र निर्माणका लागि नेपाली जनतासँग काँधमा काँध मिलाउदै आएकोमा पनि गरे ।

प्रतिक्रिया दिनुहोस्