अहिलेसम्म ५१ हजार ३ सय ६७ जनामा कोरोना भाइरस परीक्षण


काठमाडौँ, १४ बैशाख । अहिलेसम्म ५१ हजार ३ सय ६७ वटा कोरोना भाइरसको कुल परीक्षण भएको छ । स्वास्थ्य मन्त्रालयले आईताबार गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले पिसिआरबाट ९ हजार ९ सय ३१ जनाको कुल परीक्षण भएको हो भने र्‍यापिड टेस्टबाट ४१ हजार ४ सय ३६ जनाको परीक्षण भएको जानकारी दिएका हुन्। उनका अनुसार गत चौबीस घन्टामा २ हजार ९६ वटा परीक्षण भएको हो।
यस्तै हाल देशभर १७ हजार २५ जना क्वारेन्टाइनमा रहेको उनको भनाइ छ।

आइसोलेसनमा भने कुल ११० जना रहेको जसमा उपत्यकाभित्र ६ जना र उपत्यका बाहिर १०४ जना रहेको उनले जानकारी दिए।यस्तै उनले रेडजोनमा देशभर २ सय ९६ जना रहेको बताए, जसमा गत चौबीस घन्टामा ६ जना रेड जोनमा परेका हुन्।

प्रतिक्रिया दिनुहोस्